सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा बेपत्ता भएका ८ जनाको शव भेटिएको छ ।
पहिरोले ३७ घर पुरिएका छन् । ३८ जना बेपत्ता मध्ये ८ जनाको शव अहिलेसम्म भेटिएको जुगल गाउँपालिकाका उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिएकी छन्। शव भेटिएका ८ जनाको सनाखत भने हुन सकेको छैन ।
बेपत्ताको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधीहरु र स्थानीय खटिएका छन्।
पहिरोले पुरिएर गम्भीर घाइते भएका यमु ल्हामु दोङलाई मनाङ एयरको हेलिकप्टरबाट काठमाडौं ल्याई बानेश्वरस्थित सिभील अस्पतालमा उपचार भइरहेको छ ।
अन्य चारजना घाइतेको सिन्धुपाल्चोक सदरमुकाम चौतारामा उपचार भइरहेको छ ।