logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमित बढ्न थालेपछि दाङमा साँझ ७ बजेपछि सवारी चलाउन र हिँडडुल गर्न प्रतिबन्ध


अंकुरण खबर
2.912K
Shares

दाङमा साँझ सात बजेपछि सवारीसाधन चलाउन र हिँडडुल गर्न प्रतिबन्ध लगाइएको छ ।

जिल्ला संकट व्यवस्थापन केन्द्रको शुक्रबार घोराहीमा बसेको बैठकले भदौ १ गतेदेखि लागू हुने गरी साँझ ७ बजेपछि बिहान ५ बजेसम्म सवारी चलाउन र हिँडडुल गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

कोरोना संक्रमित बढ्न थालेको र बजारमा भिडभाड हुन थालेपछि त्यसलाई मध्यनगर गर्दै साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन तथा हिँडडुल गर्न प्रतिबन्ध लगाउने निर्णय बैठकले गरेको जिल्ला संकट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए। उनका अनुसार प्रतिबन्ध भदौ १ गतेदेखि ८ गतेसम्म लागू हुनेछ ।

यस्तै, बैठकले तीजमा भेला भएर नाचगान गर्न र मन्दिरमा जान समेत प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।