बर्दियामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अञ्चल अस्पतालमा गरिएको ‘पीसीआर’ परीक्षणमा जिल्लाका चार स्थानीय तहका विभिन्न ‘क्वारेन्टिन’मा रहेका १२ जनामा शुक्रबार संक्रमण देखिएको हो ।
संक्रमण पुष्टि भएकाहरुमा ठाकुरबाबाका तीनजना, गुलरियाका दुईजना, मधुवनका चारजना र राजापुरका तीनजना रहेका जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कृष्णगोपाल चौधरीले जानकारी दिए । संक्रमित भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरु हुन् ।
योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २८५ पुगेको छ भने २३२ जना निको भएर घर फर्किइसकेका छन् ।