logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जसपाका सांसद डा. यादवलाई पनि देखियो कोरोना संक्रमण


अंकुरण खबर
845
Shares

जनता समाजवादी पार्टी, नेपालका संघीय सांसद डा. सूर्यनारायण यादवलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक अस्पताल जनकपुरमा बिहीबार गरिएको परीक्षणमा डा. यादवलाई कोरोना पुष्टि भएको हो । ६४ वर्षीय यादव सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् ।

जनकपुरधाममा निजी क्लिनिक सञ्चालन गर्दै आएका उनले आफूलाई आफ्नो क्लिनिकमा उपचार गराउन आएका महोत्तरीका एक जना बालकबाट कोरोना सरेको बताए ।

उपचारका लागि क्लिनिक आएका ती बालकमा कोरोना पुष्टि भएको थियो । त्यसपछि ९ दिनसम्म आइसोलेसनमा बसेको र स्वाब परीक्षण गर्दा बिहीबार राति कोरोना पुष्टि भएको उनले बताए ।

सांसद यादवले आफ्नो स्वास्थ्य अवस्था भने सामान्य रहेको बताएका छन् ।