बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङको विराटनगर महानगरपालिका तीनपानीका ५० वर्षीया महिला रहेकी छिन् । उनको उपचारको क्रममा गएराति मृत्यु भएको हो ।
कोरोना संक्रमित महिलामा ज्वरो, खोकी र स्वासप्रस्वासको समस्या देखिएको थियो । विराटनगरस्थित न्यूरो अस्पतालवाट हिजो मात्रै उनलाई धरानमा भर्ना गरिएको थियो । संक्रमित महिलामा थाइराइ र मुटुको समेत समस्या रहेको थियो ।