logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पर्सा र बारामा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
689
Shares

पर्सा र बारामा थप ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३७ जना पुरूष र १० जना महिलामा संक्रमण देखिएको हो । संक्रमित हुनेमा ८ वर्षको बालक देखि ७० वर्षकी बृद्घ महिला समेत छन ।

संक्रमित मध्ये ४५ जना पर्साका र २ जना बाराका छन । नारायणी अस्पतालमा कार्यरत विभिन्न वार्डका ७ जना कर्मचारी एकजना पत्रकार, प्राइम फर्माका ६ जना कर्मचारीमा पनि संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ ।