logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उदयपुरको कटारीमा आजदेखि अनिश्चितकालीन लकडाउन


अंकुरण खबर
624
Shares

उदयपुरको कटारी नगरपालिकाले आजदेखि अनिश्चितकालीन लकडाउन गर्ने भएको छ ।

आज बिहान बसेको बैठकले कोरोनाभाइरस संक्रमण समुदायस्तरमै फैलिएको भन्दै आज दिउँसो १ बजेदेखि अनिश्चितकालका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

मेयर ज्ञानेन्द्र श्रेष्ठका अनुसार स्वास्थ्य सेवा र औषधि पसलबाहेक अरू व्यवसाय सञ्चालन गर्न रोक लगाइएको छ। निजी सवारी साधन प्रयोग र हिडडुलमा समेत रोक लगाइएको उनले जानकारी दिए ।