logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

समुदायस्तरमा कोरोना भाइरसको संक्रमण बढेको भन्दै दमकमा आज रातिदेखि लकडाउन


अंकुरण खबर
884
Shares

समुदायस्तरमा कोरोना भाइरसको संक्रमण बढेको भन्दै झापाको दमकमा आज रातिदेखि लागू हुने गरी एक साता लकडाउन हुने भएको छ।

कोरोना रोकथाम नियन्त्रण तथा समन्वय समितिको आज नगरपालिकामा बसेको बैठकले नगरमा महामारीको बढ्दो जोखिमलाई ध्यान दिँदै ६ भदौ राति १२ बजेसम्म पूर्ण लकडाउन गर्ने निर्णय गरेको हो ।

बन्दाबन्दी अवधिमा एम्बुलेन्स, प्रेस, दूधका गाडीबाहेक सबै यातायातका साधन बन्द रहने छन् । दूध पसल दैनिक बिहान ६ बजे देखि ८ बजेसम्म मात्रै खोल्न पाइने, बैंक, वित्तीय संस्था, फुटपाथका पसल, किराना पसललगायतका सबै प्रकारका पसल व्यवसाय बन्द रहने नगर उपप्रमुख तथा प्रवक्ता गीता अधिकारीले बताइन्।

बन्दाबन्दीको समयमा अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन नपाइने, एम्बुलेन्स बाहेकका सवारी साधनले बिरामी बोक्न परे सम्बन्धित वडाबाट सिफारिस लिनुपर्ने, मोटरसाइकल कुनै सवारीसाधन सञ्चालन गर्न नपाइने उनले बताइन्।

हिजो दमकमा एकैपटक सात जनामा कोरोना संक्रमण पुष्टी भएको थियो।