logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बुटवलमा थपिए उपमहानगरका ३ अधिकृतसहित १६ जना कोरोना संक्रमित


अंकुरण खबर
1.313K
Shares

बुटवल उपमहानगरपालिकाका तीन अधिकृतसहित बुटवलमा आइतबार १६ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् ।

उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख कुन्दनकुमार सिंहका अनुसार उपमहानगरपालिकाका दुई जना शाखा प्रमुख हुन् भने र एकजना अधिकृतस्तरका सहायक शाखा प्रमुख हुन् ।

त्यस्तै आइतबार कोरोना पुष्टि भएका बाँकी १३ जना वडा नम्बर ११ कालिकानगर र देवीनगरका रहेको सिंहले जानकारी दिए । देवीनगर र कालिकानगरका १३ जना संक्रमित पनि पारिवारिक नातेदार रहेको उपमहानगरपालिकाले जनाएको छ ।

यो संख्यासँगै बुटवलमा कुल संक्रमितको संख्या ८० पुगेको छ। तीमध्ये ५६ जना सक्रिय संक्रमित छन् भने २४ जना उपचारपछि निको भएर घर फर्किएको उपमहानगरपालिकाले जनाएको छ ।