नेपाल प्रहरीका २ जना नायव महानिरीक्षक (डीआईजी) मा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार नेपाल प्रहरी अस्पताल महाराजगञ्जका २ जना डीआईजीमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
हालसम्म प्रहरी अस्पताल महाराजगञ्जका चिकित्सकसहित ३६ जना कर्मचारीमा संक्रमण देखिएको छ ।
देशभर गरी हालसम्म नेपाल प्रहरीका ६ सय २० जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये २ सय ४० जना भने संक्रमण मुक्त भएर डिस्चार्ज भइसकेका छन् ।