logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बारामा आइतबार थपिए ६५ जना कोरोना संक्रमित


अंकुरण खबर
1.001K
Shares

बारामा आइतबार थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाका चार स्थानीय तहहरुमा गरी थप ६५ जनामा कोरोना संक्रमण देखिएको हो ।  सबैभन्दा बढी जितपुर सिमरा उप–महानगरपालिकामा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिए ।

यस्तै महागढी माइ नगरपालिकामा १७ जना, करैयामाइ गाउँपालिकामा १० र कलैया उपमहानगरपालिकामा २ जनामा कोरोना संक्रमण देखिएको छ ।