बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा शनिबार ५ जना नर्समा कोरोना पुष्टि भएको छ।
स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि अस्पतालको सेवा प्रभावित भएको छ । हाल अत्यावश्यक बाहेक अन्य सबै सेवाहरु बन्द रहेको अस्पतालले जनाएको छ ।
शनिबार एक सूचना जारी गर्दै अस्पताललाई निर्मलीकरण गर्नुपर्ने भएकाले अत्यावश्यक बाहेक अन्य सेवाहरु बन्द गरिएको जनाएको छ । अर्को सूचना जारी नभएसम्मका लागि अस्पतालको ओपिडी सेवाहरु बन्द रहने सूचनामा उल्लेख गरिएको छ ।
यो सँगै उक्त अस्पतालमा संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या १० पुगेको छ ।