काठमाडौं उपत्यकामा आज आइतबार कोरोना भाइरसका १७२ जना संक्रमित थपिएका छन् ।
उपत्यकाका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका १२६ जना, भक्तपुरका ८ जना र ललितपुरका ३८ जनामा संक्रमण पुष्टि भएको हो।
योसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या १ हजार ९४६ पुगेको छ । कुल संक्रमितमध्ये काठमाडौंका १ हजार ५६८ जना, भक्तपुरका १३० जना र ललितपुरका २६७ जना छन् ।
पछिल्लो २४ घण्टामा नेपालमा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।