logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

थपियो कपिलवस्तुमा जारी गरिएको निषेधाज्ञाको अवधि


अंकुरण खबर
1.131K
Shares

कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जारी गरेको निषेधाज्ञाको अवधि थपिएको छ ।

कोरोना संक्रमणबाट उच्च जोखिममा रहेका भन्दै कपिलवस्तु प्रशासनले साउन २७ गतेदेखि ३२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।

निषेधाज्ञा जारी गरेको समयमा पनि संक्रमणको जोखिम कम हुने अवस्था नदेखिएको भन्दै पुनः भदौ ७ गतेसम्मका लागि थपिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिएका छन् ।