बाँकेमा सशस्त्र प्रहरीसहित २० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा १५ जना सशस्त्र प्रहरी, ग्लोबल आइएमइ बैंकका कर्मचारीसहित २० जनालाई कोरोना देखिएको हो ।
जानकी गाउँपालिकामा स्वाव लिइएकाहरुमा कोरोना देखिएको छ । जानकीमा ३० गते ९२ जनाको स्वाव लिइएको थियो । जानकी गाउँपालिकाका मानिसलाई भने कोरोना देखिएको छैन ।
बाँकेमा दैनिक नै संक्रमित देखा पर्न थालेपछि स्थानीय प्रशासनले १७ गतेदेखि जारी गरेको निषेधाज्ञा ३० गते हटाए पनि भीडभाड हुन दिएको छैन। सवारी साधनलाई जोर, बिजोर गरी सञ्चालन गरिएको छ ।