logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा संक्रमितको नयाँ रेकर्ड : डब्ल्युएचओ


अंकुरण खबर
1.235K
Shares

विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले पछिल्लो २४ घण्टामा संसारमा अहिलेसम्मकै ठूलो संख्यामा कोरोना संक्रमित फेला परेको जनाएको छ।

संगठनका अनुसार पछिल्ला २४ घण्टामा २ लाख ९४ हजार भन्दा बढीमा कोरोना पुष्टि भएको छ । यो कोरोना महामारी फैलिएपछि विश्वभर नै सबैभन्दा बढी संक्रमित फेला परेको रेकर्ड हो।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार अहिलेसम्म विश्वभर २ करोड १४ लाख भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै ७ लाख ७१ हजार १८३ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ५३ लाख ६१ हजार मानिस संक्रमित भएका छन्। त्यहाँ मृतकको संख्या १ लाख ७० हजार नजिक पुगेको छ।

त्यस्तै ब्राजिलमा कोरोना संक्रमितको संख्या ३३ लाख १७ हजार पुगेको छ भने अहिलेसम्म १ लाख ७ हजार भन्दा बढीको मृत्यु भइसकेको छ।

भारतमा २५ लाख ८९ हजार मानिस संक्रमित भएका छन्। मृतकको संख्या ५० हजार नजिक छ।