कोरोना संक्रमणबाट ललितपुरमा थप एक जनाको मृत्यु भएको छ ।
पाटन अस्पतालमा उपचार गराइरहेका ६० वर्षीय पुरुषको गए राती मृत्यु भएको हो । काठमाडौं निवासी संक्रमितमा मधुमेह, उच्च रक्तचाप र मृगौला सम्बन्धी समस्या पनि रहेको थियो ।
उनी साउन २० गते पाटन अस्पताल भर्ना भएका थिए । गंगालाल अस्पतालमा मुटुको अपरेशन गरेपछि उनीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।