logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लामो समयपछि नेकपा सचिवालय बैठक सुरु, कार्यदललाई अनुमोदन गर्ने तयारी


अंकुरण खबर
1.222K
Shares

लामो समयपछि सत्तारुढ दल नेकपा सचिवालय बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको बैठकमा समसामियक विषयमा छलफल हुने र पार्टीको विवाद समाधानका लागि बनेको कार्यदलको कार्यदेश निर्धारण गर्ने बताइएको छ ।

गत शुक्रबार प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच भएको छलफलले ६ सदस्यीय कार्यदल बनाएको थियो ।

महासचिव विष्णु पौडेलको संयोजकत्वमा बनेको कार्यदलमा स्थायी समिति सदस्यहरू भीम रावल,पम्फा भुषाल,जनार्दन शर्मा,सुरेन्द्र पाण्डे र शंकर पोखरेल रहेका छन् ।

कार्यदलको कार्यदेशका लागि सचिवालय बैठक बस्नुपर्ने माग सचिवालय सदस्यहरूले गरेकाले बैठक बोलाइएको हो ।