logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज देशभरको मौसम कस्तो रहला ?


अंकुरण खबर
2.652K
Shares

आज (सोमबार) दिउँसो हल्कादेखि मध्यमसम्म र राति भने भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार दिउँसो देशभरका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

त्यस्तै आज राति भने वर्षा अलि बढ्ने सम्भावना छ । हल्कादेखि मध्यसम्मको वर्षा देशका धेरै स्थानमा हुने सम्भावना छ भने कतिपय स्थानमा भारी वर्षासमेत हुने अनुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार राति गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र प्रदेश नं १ तथा बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

उनका अनुसार हिजो आज दिउँसो कम पानी पर्ने, घाम पनि लाग्ने र राति भारी वर्षा हुने क्रम चलिरहेको छ । महाशाखाले जारी गरेको आगामी २४ घण्टा  (मंगलबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्शमा भनिएको छ–

‘देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र प्रदेश नं १ तथा बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना देखिएकाले उक्त स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’