सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर दुई लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परेर हराइरहेका थप दुई जनाको शव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार आज बिहान २२ वर्षीय छविलाल दोङ र पाँच वर्षीय अजय दोङको शव फेला परेको हो । योसँगै पहिरोमा परी मृत्यु हुनेको संख्या २१ पुगेका छ ।
यसअघि शुक्रबार एघार, शनिबार सात र आइतबार एक जनाको शव फेला परेको थियो । पहिरोमा पुरिएर अझै अठार जना हराइरहेको प्रहरीले जनाएको छ ।
पहिरोमा बेपत्ताहरुको सेना, प्रहरी र स्थानीयको टोलीले चार दिनदेखि खोजी जारी राखेको छ ।