logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बारामा १६ वटै स्थानीय तहमा अनिश्चितकालका लागि निषेधाज्ञा


अंकुरण खबर
728
Shares

जिल्ला प्रशासन कार्यालय बाराले १६ वटै स्थानीय तहमा आजबाट अनिश्चितकालका लागी निषेधाज्ञा जारी गरेको छ ।

बारामा समूदाय स्तरमा कोरोना संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला कोभिड समन्वय समितीको बैंठकले निषेधाज्ञालाई प्रभावकारी बनाउने निर्णय गरेको छ । औषधी पसललाई २४ सै घण्टा खोल्न अनुमती दिइएको छ ।

त्यसैगरी खाद्यान्न, ग्यास, इन्धन, दुध डेरी, तरकारी जस्ता अत्यावश्यकीय सामाग्रीका पसल भने बिहान ५ बजे देखि ८ बजे सम्म मात्र खोल्न पाइने भएको छ ।

त्यस्तै अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको छ ।