logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत महिलाको कोरोनाबाट मृत्यु


अंकुरण खबर
1.768K
Shares

ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत काठमाडौं भोटाहिटीकी ५८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

गत साउन २८ गते अस्पताल भर्ना भएकी उनको सोमबार बिहान १० बजे मृत्यु भएको हो । उनलाई सास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना गरिएको ललितपुर जिल्ला स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले जानकारी दिए ।

अस्पताल भर्नापश्चात् उनमा कोरोना परीक्षण गर्दा संक्रमण पोजेटिभ देखिएको हो। उनी निमोनिया, मधुमेहको पनि बिरामी थिए ।

मृतक महिलाको शव नेपाली सेनाको टोलीले आजै व्यवस्थापन गर्ने तयारी गरेको छ ।