कोरोना भाइरस (कोभिड-१९) बाट सबैभन्दा बढी प्रभावित पर्सा जिल्लामा थप ९८ जनामा कोरोना संक्रमण देखिएको छ ।
आइतबार आएको पीसीआर रिपोर्टमा थप ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । आइतबार साँझ आएको रिपोर्टमा ३३ जना र राति आएको रिपोर्टमा ६५ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।
थपिएका संक्रमितमध्ये वीरगञ्ज महानगरपालिकाका ४१ जना, पोखरिया नगरपालिकाका ३३ जना, सखुवा प्रसौनी गाउँपालिकाका ७ जना, जगरनाथपुर गाउँपालिकाका १५ जना र वीरगञ्ज भन्सार कार्यालयमा खटिएका सशस्त्र प्रहरी दुई जना गरी थप ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
नयाँ थपिएका ९८ जना सङ्क्रमितहरूमा पोखरिया नगरपालिकाका नगरप्रमुख, वडा अध्यक्ष, चिकित्सक, स्वास्थ्यकर्मी, वीरगञ्ज भन्सार कार्यालयमा खटिएका सशस्त्र प्रहरी नायब उपरीक्षकसहित २ जना र १ जना पत्रकारलगायत रहेका छन् ।