logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

बारामा झडप, प्रहरीले चलायो १३ राउण्ड गोली


अंकुरण खबर
923
Shares

कुलोमा माछा मारेको र डुबानको विषयमा झडप हुँदा प्रहरीले बारामा गोली चलाएको छ ।

दुई पक्षबीच झडप हुँदा प्रहरीले हावामा १३ राउण्ड गोली चलाएको हो । सिम्रौनगढ नगरपालिका–११ भवानीपुर र आदर्शकोतवाल गाउँपालिका–६ पटेर्वाका वासिन्‍दाबीचको झडप नियन्त्रणमा लिन हवाइ फायर गरेको बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए ।

झडपका क्रममा चार जना प्रहरी र १२ जना सर्वसारधण घाइते भएका छन् । घाइतेको अवस्था सामान्य छ ।

गाउँ गाउँबीच नै आक्रमण र प्रतिकार शुरु भएपछि घर टहरा समेत भत्काउन शुरु गरेपछि प्रहरीले हवाइ फायर गर्नु परेको बताइएको छ ।