logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१८ महिने नाबालकसहित कर्णालीमा थप १४ जनामा कोरोना पुष्टि


अंकुरण खबर
1.95K
Shares

कर्णाली प्रदेशमा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालमा सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ७, जुम्लाका ३ तथा दैलेख, सल्यान, धनुषा र भारतका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु १८ महिने बालकदेखि ५० वर्ष उमेरसम्मका महिला तथा पुरुष छन् ।

आज थपिएका संक्रमितसहित कर्णाली प्रदेशमा कुल संक्रमितको संख्या २० हजार ८१ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस्तै आजै कर्णालीमा १४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

कर्णालीमा अहिलेसम्म संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या १ हजार ९२८ पुगेको छ ।

उक्त प्रदेशमा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ ।