logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि, १६० जना डिस्चार्ज


अंकुरण खबर
1.508K
Shares

नेपालमा थप  ५८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ ।

सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५८१  जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

आज मात्रै कोरोना मुक्त भएर १६० जना घर फर्किएका छन् । योसँगै संक्रमितमध्ये १७ हजार ४९५ जना निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा ११ हजार ५२० जनाको पीसीआर नमुना परीक्षण गरिएको छ । हालसम्म ५ लाख २९ हजार ४२७ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ । विभिन्न क्वारेन्टिनमा १५ हजार १९८ जना रहेका छन् । हाल सक्रिय संक्रमितको संख्या ७ हजार ३८ छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ ।