पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट काठमाडौंका १ सहित ३ जनाको मृत्यु भएको छ ।
सोमबारको नियमित प्रेस ब्रिफिङका क्रममा काठमाडौंमा ५८ वर्षिया महिला, रौतहटका ३२ वर्षिय पुरुष र मोरङमा ६० वर्षिय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १०७ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिले ६ जना कोरोना संक्रमित भेन्टिलेटरमा छन् । ती सबै बागमती प्रदेशमा छन् ।