logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मकवानपुरमा ११ प्रहरीसहित १६ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.3K
Shares

मकवानपुर जिल्लामा सोमबार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित सबै हेटौंडा उपमहानगरपालिका भित्र बसोबास गर्नेहरु रहेको बताइएको छ ।

संक्रमितहरु विभिन्न प्रहरी चौकीमा कार्यरत ११ जना प्रहरी र हेटौंडा उपमहानगरपालिकाका ५ जना सर्वसाधारणलाई कोरोना संक्रमण भएको हेटौंडा–४ कर्रा आइसोलेसन वार्ड इञ्चार्ज भोला चौलागाईले जानकारी दिए ।

उनका अनुसार चितवन घर भएका–३, रौतहटका २, सिन्धुलीका १, बाँकेका २, पर्सा घर भएका १, धादिङ घर भएका १ सहित ११ जना प्रहरीमा कोरोना पोजिटिभ देखिएको हो ।

उनीहरु सबैको हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित प्रादेशिक प्रयोगशालामा पीसीआर परीक्षण गरिएको थियो ।