देशभर रहेका कोरोना संक्रमितहरुमध्ये ११३ जनाको आइसियूमा उपचार भइरहेको छ ।
स्वास्थ्य मन्त्रालयले देशभर ११३ जना संक्रमितहरुको आइसियुमा उपचार भइरहेको जानकारी गराएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश-१ मा एक जना, प्रदेश-२ मा ४१ जना, बागमती प्रदेशमा ५९ जना, गण्डकी प्रदेशमा १ जना, प्रदेश ५ मा ११ जनाको आइसियुमा उपचार भइरहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिले ६ जना कोरोना संक्रमित भेन्टिलेटरमा छन् । ती सबै बागमती प्रदेशमा छन् ।