Breaking Newsशिक्षा

एसईईको नतिजा सार्वजनिक

माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा वोर्डले यस वर्षको नतीजा सार्वजानीक गरेको बताएको हो । वोर्डका अनुसार यसवर्ष ४ लाख ८२ हजार ९ सय ८६ परीक्षार्थी रहेकोमा ४ लाख ७२ हजार ७८ जना विद्यार्थीको नतिजा आएको छ । उनीहरुमध्ये १० हजार हाराहारीमा विद्यार्थी अयोग्य भएको परीक्षा वोर्डले जनाएको छ । त्यस्तै कुनै त्रुटी भए विद्यार्थीले ३५ दिनभित्र फारम भरेर इकाइमा बुझाएपछि इकाइलेनै त्रुटी सच्याएर विद्यालयमा पुर्‍याउने व्यवस्था गरिएको छ ।

नतिजा प्रकाशित भएपनि भदौ १५ गतेसम्म कुनै पनि कलेजमा विद्यार्थी भर्ना र पठनपाठन गर्न भने पाइनेछैन ।

विभिन्न वेबसाइट, एसएमएस मार्फत नतिजा हेर्न सकिनेछ । जसअन्तर्गत नेपाल टेलिकम र एनसेलको नम्बरबाट १६०० डायल गरी नतिजा थाहा पाउन सकिनेछ । यस्तै, इजी सर्भिस प्रालिले ३४९४९ मा सिम्बोल नम्बर एसएमएस गरेर नतिजा थाहा पाउन सकिने सुविधा दिएको छ ।

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट, राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइट, एनसेलको वेबसाइट, भक्तपुरको सानोठिमीमा रहेको राष्ट्रिय परीक्षा बोर्ड,इडीयू सञ्जाल डटकम, नेपाल टेलिभिजन र कान्तिपुर पब्लिकेसन प्रालीमार्फत पनि नतिजा हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

Comment here