कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएकी तनहुँकी एक महिलाको पोखरामा उपचारको क्रममा मृत्यु भएको छ ।
तनहुँ ब्यास–१ अम्रेनीकी ५० वर्षीया महिलाको पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनी साउन २१ गते उपचार भर्ना भएकी थिइन् ।
संक्रमित महिलामा सुगर, प्रेसर, मुटुको समस्या र निमोनियाको समस्या थियो ।