logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पोखराका १५ जनासहित गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
819
Shares

पोखराका १५ जनासहित गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोमबार राति १७ जना र मंगलबार बिहान ८ जना गरी गण्डकी प्रदेशका २५ जना संक्रमित थपिएका हुन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७६४ पुगेको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार मंगलबार बिहान कास्कीका ४, नवलपुरका २ र बागलुङका २ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका कास्कीका सबै पोखरा महानगरपालिकाका हुन् ।

यसअघि सोमबार राति गण्डकी प्रदेशमा १७ जना संक्रमित थपिएका थिए । सोमबार राति कास्कीका ११ जना, तनहुँका २ जना, नवलपुर, लमजुङ, बाग्लुङ र स्याङ्‌जाका एक-एक जनामा संक्रमण पुष्टि भएको थियो ।