नेपाली बजारमा सुनको मूल्य फेरि एक लाख रुपैयाँ नाघेको छ ।
सोमबारको तुलनामा मंगलबार एकै दिन प्रतितोला २२ सय रुपैयाँले बढेर एक लाख ४ सय रुपैयाँ पुगेको हो ।
आज छापावाला सुन तोलाको एक लाख ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार छापावाला सुन तोलामा ९८ हजार २ सय रुपैयाँमा तोकिएको थियो ।
आज तेजाबी सुन प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर १ हजार ३८० मा कारोबार भइरहेको छ ।
सोमबार चाँदीको मुल्य एक हजार ३१५ प्रति तोला रहेको थियो ।