गृहमन्त्री रामबहादुर थापालाई लिन हिँडेको स्कर्टिङको अगुवा गाडीले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।
गृहमन्त्री थापालाई स्कर्टिङ दिन हिँडेको नेपाल प्रहरीको बा१झ ५५९४ नम्बरको जिपले मंगलबार सिंहदरबारको पश्चिम गेट नजिक स्कुटरलाई ठक्कर दिएको हो ।
प्रहरीका अनुसार ठक्करबाट बा९४ प १०२५ स्कुटर सवार लीला थापा र सुजा थापा घाइते भएका छन् । उनीहरुको वीर अस्पतालको ट्रमा सेन्टर उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।