कोरोना भाइरस संक्रमणको केन्द्र बनेको पर्सामा थप ६६ जनामा संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा १७ महिलासहित ६६ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये २५ जना बहुदरमाईका छन् । बहुदरमाई नगरपालिका–४ बहुअरीका २० जना र अन्य वडाका ५ जनामा संक्रमण देखिएको हो ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय पर्साका पाँच जना र बडा प्रहरी कार्यालय विर्ताका दुई जना गरी सात प्रहरीमा पनि संक्रमण पुष्टि भएको छ ।
वीरगन्ज मुर्ति चोकका ८ जना, छपकैयका पाँच जनामा पनि कोरोना पोजिटिभ देखिएको छ । त्यस्तै बाराको परसौनीका ४ जना, पिलुवामा तीन, सिम्रौनगढ र कलैयाका एक–एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।