मकवानपुरमा थप २६ जनामा कोरोना पुष्टि भएको छ । उनीहरुमध्ये १८ जना हेटौंडाका हुन् ।
कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाको प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार थप २६ जनामा कोरोना पुष्टि भएको हो ।
कोरोना पुष्टि हुनेमा हेटौंडा ४ का ५ जना, हेटौंडा ५ का ३ जना, हेटौंडा ६ का १ जना, हेटौंडा २ का १ जना, हेटौंडा १ का १ जना, हेटौंडा ८ का १ जना, हेटौंडा १० का २ जना, हेटौंडा ११ का २ जना, हेटौंडा १२ का २ जना गरी १८ जना रहेका छन्।
मकवानपुरगढी गाउँपालिकाका २ जना र बागमती गाउँपालिकाका १ जना रहेका छन् । त्यस्तै, काठमाडौं, पाल्पा, दैलेख, भक्तपुर र पर्सा घर भएका हेटौंडामा कार्यरत कर्मचारी एकरएक जनामा पनि संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगर जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले बताए ।