logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णालीमा थपिए ६ जना कोरोना संक्रमित


अंकुरण खबर
793
Shares

कर्णालीमा पछिल्लो २४ घण्टामा ६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

दैलेख अस्पताल र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा भएको परीक्षणबाट थप ६ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको  स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका-८ की ५३ वर्षीय महिला, ६ का २५ वर्षीय पुरुष, ९ का २० र ५० वर्षीय पुरुष र महाबु गाउँपालिका-२ की ६० वर्षीय महिलामा संक्रमण पुष्टि भएको छ ।

यस्तै रुकुम पश्चिममा त्रिबेणि गोउँपालिका-१० का २२ वर्षीय युवकमा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । यससँगै कर्णालीमा संक्रमितको संख्या २०८७ जना पुगेको छ ।

साथै मंगलबार कर्णालीमा थप ४ जना डिस्चार्ज भएका छन् । यससँग डिस्चार्ज हुनेको संख्या १९३२ पुगेको छ ।