नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ७ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले त्यसको पुष्टि गरेका हुन् ।
मृत्यु हुनेमा काभ्रे, मोरङ, धनुषा, बाँके र कास्कीका १-१ जना पुरुष रहेका छन् भने तनहुँकी एक महिला रहेकी छिन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ ।