logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सर्वोच्चका थप एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
962
Shares

सर्वोच्च अदालतका थप एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

१८० जनाको स्वाब परीक्षण गर्दा मंगलबार एक जनामा कोरोना संक्रमण पुष्टि भएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ ।

सर्वोच्चमा गत शनिबार संकलन गरिएको स्वाबको मंगलबार रिपोर्ट आएको हो । संक्रमित व्यक्ति इजलासमा बस्ने कर्मचारी हुन् ।

योसँगै सर्वोच्च अदालतमा कोरोना संक्रमितको संख्या ३ पुगेको छ । यसअघि एक जना गाडी चालक र एक न्यायाधीशको सहयोगीमा कोरोना संक्रमण देखिएको छ ।