नेपाल प्रेस काउन्सिलको कार्यवहाक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गर्ने सरकारको निर्णयबिरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले काउन्सिलका कार्यवहाक अध्यक्ष किशोर श्रेष्ठलाई हटाई भण्डारीलाई नियुक्त गरेको थियो । सो नियुक्तिको कानुनी बैधानिकतामाथि प्रश्न उठाउँदै अदालतमा रिट दायर गरिएको हो ।
सरकारले ऐन मिचेर नियमावली बनाई नयाँ नियुक्ति गरेपछि सोमबार सर्वोच्चमा रिट दायर गरिएको किशोर श्रेष्ठले बताए ।
सूचना तथा सञ्चार प्रबिधि मन्त्रालयले साउन २६ गते काउन्सिलको नियमावली संशोधन गरेको थियो ।
काउन्सिलमा कार्यवहाक अध्यक्ष बनाउनुपर्दा काउन्सिल आफैंले त्यहाँ कार्यरतमध्ये वरिष्ठ सदस्यलाई बनाउने व्यवस्था रहेकोमा मन्त्रालयले सोहि बुँदा संशोधन गरेको थियो। सोहि संशोधित प्रावधानअनुसार सोमबार भण्डारीको नियुक्ति गरिएको हो । त्यसपछि संशोधित बुँदा काउन्सिलको ऐनसँग बाझिएको जिकिर गर्दै अदालतमा मुद्दा परेको छ ।