logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एटीएमबाट पैसा झिकेपछि स्यानिटाइजर अनिवार्य लगाउन सरकारको आग्रह


अंकुरण खबर
3.081K
Shares

सरकारले बैंकको एटीएम मेसिनबाट रकम झिकेपछि अनिवार्य रुपमा स्यानिटाइजर लगाउन अपिल गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एटीएम मेसिनबाट रकम झिकेपछि हातमा स्यानिटाइजर लगाउन अपिल गरेको हो । सार्वजनिक स्थलमा रहेका एटीएम मेसिन एकै दिनमा धेरै मानिसहरुले प्रयोग गर्ने हुनाले कोरोना संक्रमणको जोखिम हुने गर्छ ।

नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बैंकहरुलाई एटीएम बुथ बेला बेलामा डिस इन्फेक्सन गर्न पनि आग्रह गरेका छन् ।