राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ ।
आज आफ्नै निवासमा उनको १ सय १ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । केही समयदेखि अस्वस्थ रहदै आएका घिमिरेको साँझ ५ः५५ बजे निधन भएको हो ।
घिमिरेको जन्म १९७६ सालमा लमजुङमा भएको थियो । उनकागौरी शोककाव्य,राष्ट्र निर्माता खण्डकाव्य,मालती मङ्गले गीतिनाटकलगायत धेरै प्रसिद्ध कृतिहरु रहेका छन् ।