अछामको रामारोशन गाउँपालिका–५ स्थित कैलास खोलामा आएको बाढीले ठुलो धनजनको क्षति गरेको छ । मंगलबार रातिदेखि परेको अबिरल वर्षालेसँगै आएको बाढीले गजड बजार, मुजा बगर र सैनी बजारमा क्षति पुर्याएको छ ।
बाढीले १६ घर बगाएको छ भने अहिलेसम्म ४ जनाको शव भेटिएको अझै १९ जना बेपत्ता भएका छन् ।
उद्धारका लागि प्रहरी घटनास्थलमा जादै गरेको प्रहरीले जनाएको छ । घटनामा के कती क्षति भयो थप विवरण आउन बाकी छ ।