गण्डकी प्रदेशमा बुधबार थप १४ जनामा कोरोना संक्रमण देखिएको छ ।
क्षयरोग उपचार केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा थप १४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७७९ पुगेको छ । सबै संक्रमित व्यक्तिहरुलाई सम्बन्धित जिल्लाको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।