logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभर बदली : अधिकांश क्षेत्रमा भारी वर्षाको सम्भावना


अंकुरण खबर
884
Shares

देशभर आजको मौसममा सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविदले बताएका छन्।

बुधबार राति पनि देशभर सामान्यतया बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशको केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

हाल मनसुनी न्युन चापीय रेखा नेपालको दक्षिण तर्फ अवस्थित रहनुका साथै भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको सामान्य प्रभाव देशभर रहेको छ।

अहिले बिहान देशका अधिकांश भूभागमा सामान्य बदलीको अवस्था रहेको छ भने प्रदेश नम्बर ५, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश तथा आसपासका भूभागमा मेघ गर्जनसहित केही स्थानहरु (बढी सक्रिय जिल्लाहरु कञ्चनपुर, डडेल्धुरा, डोटी, कैलाली, बर्दिया, अछाम, सुर्खेत)मा वर्षा भइरहेको महाशाखाले जनाएको छ।