दिवंगत राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएका छन् ।
रक्षामन्त्री पोखरेलले बुधबार बिहान लैनचौरथित निवासमा गएर घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मानका साथ अन्तिम श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
घिमिरेको अन्तिम संस्कार बुधबार मध्यान्ह पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने छ ।
राष्ट्रकवि घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि घरमै उनलाई अक्सिजन दिएर राखिएको थियो ।