logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

प्रदेश २ का मन्त्री यादव कोरोना संक्रमणमुक्त


अंकुरण खबर
793
Shares

प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव कोरोनामुक्त भएका छन्।

कोरोना संक्रमित भएको १५ दिनपछि पीसीआर परीक्षण गराउँदा उनको रिपोर्ट नेगेटिभ आएको हो । मन्त्री यादवमा गत साउन २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

संक्रमित भएको केहिदिन अघिमात्र उनी काठमाडौं पुगेर प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापासँगै बैठक बसेका थिए। जसका कारण प्रधानमन्त्री र गृहमन्त्रीको समेत पीसीआर परीक्षण गराएको थियो।

कोरोनामुक्त भएका मन्त्री यादवले भोली (बिहीबार) देखि मन्त्रालयको टेबलवर्क सुरु गर्ने बताए । उनले भने, ‘अहिले थेरै कामको चाप छ, त्यसैले काममा फर्किन्छु । तर उच्च सतर्कता अपनाउँछु।’