Breaking Newsअन्तर्वार्तास्वास्थ्य

यसरी छुट्याउने कोरोना भाइरस र अन्य फ्ल्यु : डा शेरबहादुर पुन

विश्वमा नै भयावह स्थिति सृजना गर्दै गएको कोरोना भाइरसले पछिल्लो समय नेपालमा पनि धेरै प्रभाव पारेको छ । यो अन्तर्वार्ता तयार पार्दा सम्म कोरोनाकै कारण नेपालमा मृत्यु हुनेको संख्या ११४ पुगेको छ भने संक्रमितको संख्या २८ हजार नाघेको छ । आवश्यक सावधानी नअप्नाएकै कारण नेपालमाा पनि संक्रमित र मृतकको संख्या दिनानुदिन बढ्दो छ ।

कोरोना भाइरसका बारेमा समाजमा केही भ्रम र अफवाहा रहेको देखिन्छ । जस्तै कोरोना भाइरसको संक्रमण भए पछि जीवनभर बल्जिरहन्छ । अन्य अंगमा दीर्घकालसम्म प्रभाव पर्छ । संक्रमण दीर्घरोगी, वृद्धवृद्धा, बालबालिकामा मात्र हुन्छ । अंकुरण खबरका लागि यसै विषयमा केन्द्रित रहेर गरिएको कुराकानीमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुन यसो भन्छन् …

केही साता यता कोरोना भाइरसको संक्रमण धेरै बढ्नुको कारण के हो ?

हो, पछिल्ला केही साता यता कोरोना भाइरसका संक्रमित र मृतकको संख्या बढ्दै गएको छ । संक्रमणको सुरुवाती चरणमा नै सरकारले लकडाउन ग¥यो । नौलो रोग भएकाले पनि आम मानिसमा बढ्ता त्रास थियो, आवश्यक सावधानी अप्नाउथे, सकेसम्म घरमै बस्थे र कोरोना संक्रमितको संख्या पनि कम थियो । जति संक्रमित देखिएका थिए त्यी प्राय बाहिरबाट आएका थिए । तर जब लकडाउन खुकुलो भयो मानिसहरु बाहिर निस्किए । आवश्यक सावधानीमा ध्यान दिएनन् । यो सरकारले मात्र चाहेर रोकिने पनि हैन् । यसको लागि त स्वयंम व्यक्ति नै सचेत हुनु पर्छ । यसलाई सामान्य रुपमा लिने र लाप्रवाही गर्ने क्रम बढ्दो छ । अहिलेसम्म त संक्रमण नियन्त्रणमै छ । समुदाय स्तरको संक्रमण त्यति छैन् । तर यही अवस्था रहिरहे नियन्त्रण हाम्रो काबुमा नरहन सक्छ । जुन हामीले सोचेभन्दा निकै भयावह हुन्छ ।

कोरोना भाइरस हो या अन्य फ्ल्युको संक्रमण हो कसरी चिन्ने ?

यो समय विगतमा पनि फ्ल्युका बिरामीहरु अलि बढी देखिने समय हो । तर अहिले त कोरोना भाइरसले गर्दा अन्य फ्ल्युप्रति त्यति चासो नै देखिदैन् ।

सामान्यतया अन्य फ्ल्यु र कोरोना भाइरसका लक्षणहरु उस्तै – उस्तै हुन्छन् :
रुघा, मर्की लाग्नु ।
ज्वरो आउनु ।
खोकी लाग्नु ।
स्वास फेर्न गाह्रो हुनु ।
टाउको दुख्नु ।
खाना मन नलाग्नु ।
शरीर आलस्य हुनु ।
जीउ दुख्नु ।
स्वाद र गन्ध थाँहा नहुनु ।

यस्ता लक्षण अन्य फ्ल्यु र कोरोना भाइरसको संक्रमण दुवै हुँदा देखा पर्छ । तर कोरोना भाइरसको संक्रमण हुँदा सुख्खा खोकी लाग्ने,गन्ध र स्वाद थाँहा नहुने बढी हुन्छ । यदि माथीका कुनै पनि लक्षण नदेखिई गन्ध र स्वाद मात्र थाँहा भएन भने पनि तुरुन्त स्वास्थ परीक्षण गराउनु पर्छ । कत्तिपयमा संक्रमण भएको पाच,छ दिन पनि निमोनिया भई भेन्टिलेटरको आवश्यक्ता पर्ने हुन्छ ।

कोरोना भाइरस संक्रमणबाट एक पटक निको भएको व्यक्तिमा पुन दोहोरीने संभावना कत्तिको हुन्छ ?

अहिलेसम्मको हाम्रो अवस्था हेर्दा एक पटक पूर्ण निको भएर गएको संक्रमितमा पुनः संक्रण देखियो भनेर आएका छैनन् । तर अन्य देशको अवस्था हेर्दा पुनः दोहोरीने संभावना रहन्छ ।

कोरोना भाइरस संक्रमित पूर्ण स्वस्थ भैसकेपछि पनि अन्य अंगमा दीर्घकालसम्म असर गर्छ भन्ने पनि धेरैमा त्रास छ के हो ?

हुनत हाम्रोमा पटक पटक दोहोरियर आएका केश छैनन । निको भएर गएकाको अन्य अंगको अवस्थाको बारेमा न परीक्षण भएको छ न फलोअपनै । त्यहि भएर अहिलेनै यसको बारेमा भनिहाल्ने अवस्था छैन् । तर चीन, इटली लगाएतका केही देशमा कुनै समुहले गरेको अध्ययनका आधारमा भन्ने हो भने संक्रमण पुनः दोहोरीने र फोक्सो,मृगौला,आन्द्रा,रक्तनली लगाएतका अंगमा असर गर्छ भन्ने आएको छ ।

दीर्घरोगी, वृद्धवृद्धा र बालबालिकालाई मात्र संक्रमण हुन्छ भन्नेलाई कस्तो सुझाव दिनुहुन्छ ?

जुन सुकै भाइरसले पनि दीर्घरोगी,वृद्धवृद्धा र बालबालिकालाई छिटो संक्रमण गर्छ । कारण उनीहरुसंग रोगप्रतिरोधात्मक क्षमता कम हुन्छ । विशेषतः अझै पनि यो वृद्धवृद्धा,बालबच्चा र दीर्घरोगीमा लाग्ने त होनी भनेर युवापुस्ताले लाप्रवाही गरेको देखिन्छ । यही भएर पनि संक्रमण बढेको देखिन्छ । तर यसो भन्दा युवा र अन्यलाई यो भाइरसले छुदैन भन्ने हैन् । युवाहरुकै कारण पनि दीर्घरोगी, वृद्धवृद्धा र बालबालिकामा यो भाइरसको संक्रमण हुन सक्छ । तस् अर्थ लाप्रवाही गरे संक्रमण भैहाल्छ भन्ने सोचेर सबैले सावधानी अप्नाउनु पर्छ ।

कोरोना भाइरसबाट कसरी बच्ने ?

कोरोना भाइरस नियन्त्रणका लागि खास औषधि भैनसकेको अवस्थामा हामीले हरपल विश्व स्वास्थ संगठन र सरकारले भनेका नियम मान्न जरुरी छ । उपचारको लागि अस्पताल र आवश्यक उपकरणको प्रयाप्त व्यवस्था नभएका कारण आफुले आफैलाई जोगाउनु नै अहिलेको लागि सबै भन्दा उत्तम बिकल्प हो ।

भीडभाडमा नजाने, अतिआवश्यक बाहेक बाहिर ननिस्कने , खोक्दा हाछिउ गर्दा मुख छोप्ने, पटक -पटक साबुन पानीले राम्रोसंग हात धोइरहने, सेनिटाइजर प्रयोग गर्ने, सकेसम्म जनावरको नजिक नजाने, माछा मासु तथा तरकारीहरु राम्रोसंग पकाएर मात्र खाने, फलफुलहरु राम्रोसंग पखालेर खाने । रोगप्रतिरोधात्मक क्षमता बढाउने सन्तुलित खाना खाने । यदि कोरोनासंग मिल्दा जुल्दा माथिका लक्षण देखिए अरुको संपर्कबाट टाडा रही स्वास्थ परीक्षण गराउने । कोरोनाबाट आफु बच्न र अरुलाई बचाउन हर समय सचेत रहने ।

Comment here