अछामको रामारोशन गाउँपालिका-५ मा बाढीले बगाउँदा मृत्यु भएकामध्ये एक जनाको सनाखत भएको छ ।
रामारोशन गाउँपालिका-५ कै स्थानीय १७ वर्षीय नबिन साउदको सनाखत भएको हो । यो सँगै मृतकको संख्या ७ पुगेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए ।
मंगलबार रातिदेखि परेको अबिरल वर्षासँगै आएको बाढीले गजड बजार, मुजा बगर र सैनी बजारका १७ मध्ये सात जनाको शव भेटिएको छ । बेपत्ता १० जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
उद्धार तथा राहतको लागि सुर्खेतबाट सैनिक हेलिकप्टर घटनास्थलमा पुगिसकेको छ ।