logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चर्को बिरोधपछी सांसदको लोगो फिर्ता, फेरि बनाइने


अंकुरण खबर
3.25K
Shares

संसद्को विवादित लोगो संघीय संसद् सचिवालयले फिर्ता पठाएको छ । त्यसलाई परिमार्जन गरि फेरि बनाइने भएको हो ।

बुधबार संघीय संसद् सचिवालयले प्रेस विज्ञप्ति जारी गरि संसद्को विवादित लोगो फिर्ता पठाएको जनाएको छ। घरेलु तथा साना उद्योग कार्यालय, ललितपुरले संसद्को लोगो बनाएको थियो ।

यसमा संरचनागत र साजसज्जामा समस्या देखिएको थियो। स्तरीय लागो नभएको भन्दै सबैतिरबाट विरोध भएको थियो। त्यसपछि संघीय संसद् सचिवालयले फेरि बनाउन फिर्ता पठाएको हो ।

बुधबार संघीय संसद् सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेले प्रेस विज्ञप्ति जारी गरि विवादित लोगो फिर्ता पठाएको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘घरेलु तथा साना उद्योग कार्यालय, ललितपुरबाट प्राप्त भएका ब्याच पिनहरुमा संरचनागत र साजसज्जासम्बन्धी समस्याहरु देखिएकोले सोको सुधार र परिमार्जनका लागि मिति २०७७/०५/०२ मा त्यस कार्यालयमा फिर्ता पठाइएको छ ।’

साथै घरेलु कार्यालयले नेपालको अद्यावधिक नक्सालगायतका विषयमा परिमार्जन गरि उपलब्ध गराउने प्रतिवद्धता जनाएको समेत विज्ञप्तिमा उल्लेख छ ।